कोरोनाको बढ्दो सङ्क्रमणबाट सुरक्षित रहन घरमा सुरक्षित साथ बसेर तीज पर्व मनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले आग्रह गरेको छ ।
साथै मकवानपुरको हेटौँडासहित १० वटा स्थानीय तहमा रहेका शिव मन्दिरमा पूजा, नाच र रमाइलो गर्नमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । उहाँले कारोना भाइरसको सङ्क्रमण बढ्न नदिन यस वर्षको तीज पर्व आफन्तमा जाने तथा भेला हुने भन्दा घर परिवारमा मिलेर तीज पर्व मनाउन आग्रह गर्नुभयो ।
सो कार्यालयद्वारा आज जारी सूचनामा यस विपरीत कोही कसैबाट काम भए गरेको पाइएमा तत्काल कानून बमोजिम कारवाही हुने उल्लेख गरिएको छ । हेटौँडा उपमहानगरपालिका, मनहरि गाउँपालिका र थाहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी भएकाले भेला हुन् पाइने छैन ।
निषेधाज्ञा प्रभावकारी रुपमा पालना भइरहेको सूचनामा जनाइएको छ ।
[sidebar name="button post"]









