२४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि

गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या १७ हजार नाै सय पुगेको छ ।

गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २६ पुगेको छ ।

[sidebar name="button post"]