अनिता धिताल
भाद्र ४, काठमाडौँ । अघिल्ला वर्षहरुमा चाडपर्व सुरु हुदाँ छुटै खुसियाली हुन्थ्यो, चहलपहल बढी हुथ्यो । भेटघाट, किनमेल गर्न सहर बजार भिड हुन्थ्ये । तर यसपाली कोरोना महामारीले गर्दा सहर बजार सुन सान छ । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे तर अहिले कोरोना संक्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ ।तेसैले यसपालिको तीज पर्व खल्लो र निरस छ ।
चौतारा सागाँचोकगढी नगरपालिका सिन्धुपाल्चोक, सानोसिरुवारी बस्नु हुने देबकी अर्याल यसपालीको तिज घरमै बसेर पुजा आजा घरमै गरेर परिवारसगँ मनाउने विचारमा हुनु हुन्छ । कोरोना महामारीले गर्दा अहिले जम्मघट गर्ने अवस्था पनि छैन । माइती पनि टाडा भएकाले जान नपाउदा खल्लो त लागि हाल्छनि । कोरोना महामारीले गर्दा विश्व नै जोखिमपुर्ण अवस्था बाट गुज्रिएको अवस्था छ। हामी आफैले बुझेर घर परिवारसगँ मनाउनु राम्रो हुन्छ ।

बुढानिलकण्ठ बस्नु हुने राधिका सापकोटा पोहोर सालको तिज एकदमै रमाइलो भएको थियो । आमाको हातको मिठो दर र दिदी बहिनी भेला भएर व्रत बसि नाचगान गरेका थियौँ । यसपालि कोरोना महामारीले गर्दा आफनै घरमा बसेर मनाउने सोचमा छु । आफनै कामको व्यस्थताले गर्दा पनि आमालाई भेटन नपाएको पनि धेरै समय भइसकेको थियो तिजमा भेट हुन्छ भन्ने आशामा थिए भेटन नपाउदा एकदम खिन्न लागेको छ । अहिलेको अवस्था हेर्दा सबैले घरमा परिवारसगै बसेर मनाउनु ठिक होला ।

काठमाडौँ, गोलढुङगा बस्नु हुने सरु देबकोटा लकडाउले गर्दा देश नै सुनसान छ । घर र माइती टाडा भएको ले जान पनि सम्भव छैन । यसपालिको तिजमा मन्दिर जाननी सम्भव छैन । घरमै व्रत बसेर मनाउने विचार छ । अब घरको छतमा गित बजाएर नाचगान गरौ भनेनि पुलिसले समात्ला भन्ने डर छ सारै नै खल्लो लागेको छ । कोरोना महामारीले गर्दा विश्व नै जोखिमपुर्ण अवस्थामा छ । हामी आफैले बुझेर घेरै भिडभाड जम्मघट नगरी परिवारसगै मनाउनु राम्रो हुन्छ ।

काठमाडौँ विशालनगर,चन्डोल बस्नु हुने आरती धिताल अगिल्लो वर्षको तिजमा घेरै रमाइलो गरिएको थियो दिदी बहिनी सबै जम्मा भएर पशुपतिनाथ मन्दिरमा जाने गरेका थियौँ, तर यसपालिको तिजमा कोरोना महामारीले गर्दा केही गर्न पाउने अवस्था छैन । दिदी बहिनीहरु पनि आउन पाउनु भएन । यसपालिको तीज खल्लो हुने भयो । अहिलेको अवस्था हेर्दा जम्मा हुनु भन्दा नहुनु राम्रो हुन्छ । बाचिए छ भने अर्को साल रमाईलो गरुम्ला ।

मेलम्चि नगरपालिका जरायोटार, सिन्धुपाल्चोक बस्नु हुने सबिना चालिसे यसपालीको तिजमा माइत नगई घरमै बसेर मनाउने सोचमा छु । माइत पनि टाढा भएको हुदाँ जान पनि सम्भव भएन । अहिले कोरोनाबाट हामी टाडा बस्नु पर्छ हामीले यो समयलाइ राम्रोसंग बुझनु पर्ने हुन्छ । करिब ६ महिना देखी आफनो बाबा, आमा, दिदी बहिनी र दाजुभाउजु लाई भेटन नपाउदाको पिडा त हुन्छनै । जे भएपनि अहिलेको अवस्थालाई बुझि आफनै घरमा बसेर परिवारसगँ बसेर मनाउने विचारमा छु ।

गोकर्णेश्वर नगरपालिका माकलबारी, काठमाडौँ बस्नुहुने रिता सापकोटा यसपाली कोरोना भाइरसको सङक्रमण जोखिमका कारण पहिलाको जस्तो सबै भेला भएर रमाइलो गर्न सम्भव छैन । जसले गर्दा परिवार र छिमेकीको स्वास्थ्यलाई मध्यनजर गदै घरमा परिवारको साथमा बसेर मनाउने सोचमा छु । बुढि आमा हुनुहुन्छ माइती जान त मन छ जान नपाउदा खिन्न लागेको छ तर अहिलेको अवस्था हेर्दा जानु पनि ठिक हुदैन । रमाइलो त बरु महामारी नियन्त्रण भएपछि गर्दा नि हुन्छ हामी सबैले स्वास्थ्यको ख्याल गदै चाडपर्व मनाउनु ठिक हुन्छ ।










