वृद्धाको कोरोनाका कारण मृत्यु

पूर्वी चितवनको खैरहनी नगरपालिका–३ गोठसोरमा एक वृद्धाको मृत्युपछि कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार एक सय आठ वर्षीया वृद्धाको सोमबार मृत्यु भएको छ। उहाँको मङ्गलबार मात्रै पिसिआर परीक्षण नतिजा आएको हो ।

साउन २४ गते क्यान्सर अस्पतालमा कार्यरत आफन्तले भेटघाट गरेर गएसँगै आफन्तको नमूना परीक्षणका क्रममा सङ्क्रमित देखिएपछि उहाँको स्वाब सङ्कलन गरिएको थियो ।

उहाँसँगै ती सङ्क्रमितको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा मृतकको हेरचाह गर्ने चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मृतक वृद्धाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ ।

[sidebar name="button post"]