जिल्लामा मङ्गलबार राति आएको अविरल वर्षासँगैको पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–५ डोगडीको वनकाँडाको खर्कमा तीन वर्षीया बालिका सनीका बुढा रहेकी छन् ।
गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतका अनुशार घाइते हुनेमा पाँच वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएका छन ।
उहाँले दिएको जानकारीअनुसार मङ्गलबार राति सुतेको अवस्थामा लेकको खर्कमाथिबाट आएको पहिरामा परी बालिकाको मृत्यु भएको र आमा र छोरी घाइते भएको बताउनुभयो ।
घाइते भएकी आमा र छोरीलाई डोगडी प्रहरीले चौकीको टोलीले उद्धार गरी डोगडी स्वास्थ्य चौकीमा उपचार भइरहेको बताउनुभएको छ ।
[sidebar name="button post"]









