उपराष्ट्रपति राष्ट्रकविको निधनबाट स्तब्ध

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली साहित्यका शीर्ष व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको मङ्गलबार साँझ भएको दुःखद् निधनले स्तब्ध भएको बताउनुभएको छ । उहाँले आज शोक वक्तव्य जारी गर्दै राष्ट्रकविप्रति श्रद्धाञ्जलि व्यक्ति गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

राष्ट्रकवि घिमिरेलाई भौतिकरुपमा बिदा गर्नुपर्दा राष्ट्रलाई ठूलो क्षति भएको उल्लेख गर्दैै उपराष्ट्रपतिले राष्ट्रकविले राष्ट्रलाई दिनुभएको अमूल्य साहित्य सिर्जना तथा राष्ट्रका लागि पु¥याउनु भएको उच्च योगदानले भने उहाँ सधैँसधैँका लागि बाँचिरहनु हुने बताउनुभएकोे छ ।

साहित्य सिर्जनामार्फत राष्ट्रकवि घिमिरेले राष्ट्रका लागि पु¥याउनु भएका अमूल्य योगदानको उच्च सम्मान गर्दै उपराष्ट्रपतिले शोक वक्तव्यमा भन्नुभएको छ, “राष्ट्रकविमा भएको देशभक्ति, प्रकृति प्रेम भावलाई अङ्गाल्दै उहाँले जीउनुभएको सरल आदर्श जीवनलाई अनुशरण गर्न सक्यौँ भने राष्ट्रकवि घिमिरेप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।”

[sidebar name="button post"]