गाेकर्णेश्वरमा भेटिनेकाे थरीथरीका गुनासा, कल्पना भन्नुहुन्छ, पेटले नखा भन्दाे रहेनछ

अजय खत्री

भदाै ३, कुशे औंसी दिन विहानै कल्पना तामाङ गाेकर्णमा भेटिनुभयाे । उहाँ दियाे, टपरी, दुना बेच्न माइति नेपाल गोकर्णदेखि आउनु भएकाे हाे ।

कल्पना तामाङ
कल्पना तामाङ

तर गाेकर्णेश्वरमा सुनसान थियाे, बिगतमा जस्ताे चहलपहल थिएन । तामाङले गुनासाे गर्नुभयाे, बन्द हुन्छ भन्ने त थाहा थियो तर पेटले बन्द छ नखा भन्दो रैनछ । उहाँ भन्नुहुन्छ, गरिवले पेटभरि खान नपाई मर्ने भए ।

पूजागर्न दक्षिणढोका देखि आउनुभएका सुजन लामा आफ्नो परम्परा अनुसारको पूजाआजा गर्न नपाउदा दुख लागेकाे बताउनुहुन्छ । टाढाबाट आउनेले दुख पाए बरुकुनै व्यवस्था मिलाएर पूजागर्न मिल्ने वातावरण बनाइदिएको भए चाहिँ राम्रो हुन्थ्यो।

सुजन लामा
सुजन लामा

नदि किनारामा पुूजा गरिरहेकालाई प्रहरीले हटाउदै थियाे । लामा भन्नुहुन्छ, मन खिन्नभयो ।भाद्र कृष्ण औंसीका दिन आज बाबुको मुख हेर्ने पर्व मनाउँदै छ । यसपाली कोरोना संक्रमण जोखिमका कारण घरमै बसेर मनाउन सरकारले अनुराेध गरेकाे छ ।

पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ । तर आज चहलपहल छैन ।

[sidebar name="button post"]