विगत भन्दा भिन्नै, कुशे औंशीका दिन सुनसान गाेकर्णेश्वर (फाेटाे फिचर)

कृष्ण वाग्ले

भदाै ३, काठमाण्डाैकाे गाेकर्णेश्वरमा आज औंसीका दिन सुनसान छ । बिगतमा जस्ताे चहलपहल छैन। भाद्र कृष्ण औंसीका दिन आज बाबुको मुख हेर्ने पर्व देशभर मनाईदैछ ।

आज बुवाकाे मुख हेर्ने चलन छ । यसपाली कोरोना संक्रमण जोखिमका कारण घरमै बसेर चाडपर्व मनाउन सरकारले अनुराेध गरेकाे छ । पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ । तर आज चहलपहल छैन ।

[sidebar name="button post"]