रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ । उहाँका छोरा राजीव घिमिरेका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ निधन भएको हो ।

घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उहाँको गौरी , मालती मङ्गले, नव मञ्जरी, हिमालपारि हिमालवारि , राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी) ,चारु चर्चा, लगायतका कृति चर्चित छन् ।

घिमिरेले विभिन्न साझा पुरस्कार तथा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए । सरकारले नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

[sidebar name="button post"]