काठमाडौं उपत्यकाका तीन जिल्लामा भोलिदेखि निषेधाज्ञा

काठमाडौं उपत्यकाका तीन जिल्लामा भोलिदेखि  निषेधाज्ञा लगाइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् । उपत्यकामा कोरोना सङ्क्रमित बढेसँगै निषेधाज्ञा सुरु हुने भएको हो ।
[sidebar name="button post"]