एसईईको नतिजाबारे के भन्छन् विद्यार्थी ? प्रतिक्रिया र अबको योजना जस्ताको तस्तै

अजय खत्री
भदौ २, एसईईको नतिजा सोमबार सार्वजनिक भएको छ । ०७६ सालको एसईईको नतिजा विद्यार्थीको आन्तरिक मुल्याङ्कनको आधारमा प्रकाशित भएको हो । कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले परीक्षा आवेदन दिएकोमा चार लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
आन्तरिक मुल्याङ्कका आधारमा रिजल्ट आएपछि विद्यार्थीको प्रतिक्रिया र अबको योजनाबारे उनीहरुको भनाई जस्ताको तस्तै ।
अलिसा थापा श्री बज्रयोगिनी सेकेन्डरी इङलिस स्कूल साँखु काठमाण्डौ ।
मैले एसईई परीक्षाको तयारी निक्कै मेहनतका साथ गरेकी थिए । राम्रै अध्ययन गरेकी थिए । परीक्षामा सहभागी भएर आफ्नो क्षमता देखाएर राम्रै नतिजा ल्याउँछु भनेर सोंच पनि बनेको थियो । तर अन्त्यमा आएर परीक्षाकै अघिल्लो दिन परीक्षा स्थगित भयो । परीक्षा नै दिन पाइएन । कोरोनाका कारणले परीक्षा दिन नपाउँदा र आफूले गरेको मेहनतबाट आफैले परीक्षामा सहभागी भएर क्षमता देखाउन नपाउँदा दुखी बनायो । परीक्षा नै नदिइ आन्तरिक मुल्याङ्कका आधारमा परीक्षाफल प्रकाशन गर्ने कुरामा त्यति संन्तुष्ट भइन । तर विपद्का कारण यस्तो भयो भनेर चित्त बुझाए । आन्तरिक मुल्याङ्कबाट आएको नतिजामा ३ दशमलव ६ जिपिए आएको छ । त्यसमा खुसी नै छु । अब कम्प्यूटर साइन्स पढ्ने सोंचमा छु ।

अलिसा थापा श्री बज्रयोगिनी सेकेन्डरी इङलिस स्कूल साँखु काठमाण्डौ ।
अलिसा थापा श्री बज्रयोगिनी सेकेन्डरी इङलिस स्कूल साँखु काठमाण्डौ ।

ग्याल्मु तामाङ थिङ श्री सर्वोदय माध्यामिक विद्यालय, हेलम्वु सिन्धुपाल्चोक ।
एसईई परीक्षा स्थगित होला भन्ने थाहै थिएन । म र साथीहरु परीक्षा दिन केन्द्र नै पुगेका थियौ । तर पछि त एकाएक हाम्रो परीक्षा नै रोकिएछ । तयारी निक्कै मेहनतले राम्रै गरेकी थिए । परीक्षा नै नहुँने सूचना आउँदा साह्रै खिन्न पो भए । पछिसम्म पनि परीक्षा हुने हो की नहुँने हो की अन्यौल नै भयो । चिन्ता मात्रै हुनी है । तर परीक्षा नै नहुँने भन्ने सूचनाले राहत मिल्यो । विद्यालयको आन्तरिक परिक्षाहरुमा राम्रै गरेकोले परिक्षाफल राम्रै आउँछ भन्नेमा ढुक्क थिए । बि ग्रेड आएछ, अब मेजर इङलिस पढ्ने सोंचमा छु ।

ग्याल्मु तामाङ थिङ श्री सर्वोदय माध्यामिक विद्यालय, हेलम्वु सिन्धुपाल्चोक ।
ग्याल्मु तामाङ थिङ श्री सर्वोदय माध्यामिक विद्यालय, हेलम्वु सिन्धुपाल्चोक ।

नविन केसी,  व्रम्मकुञ्ज शिक्षा सदन काठमाण्डौ ।
परिक्षाफल राम्रै आयो । निक्कै खुसी भएको छु । पहिला पो परीक्षाको डर थियो, नतिजा राम्रो ल्याउनुपर्छ भन्ने चिन्ताले गर्दा मेहनत धेरै गरियो पछि परीक्षा नहुँदा उत्तिकै दुखी पनि भए । के होला भनेर अन्यौल पनि थिए । नतिजा राम्रो आयो अब ढुक्क छु । ३ दशमलव ७ जिपिए आएको छ । अब ट्रावल एन्ड टुरिजम पढ्ने सोंचमा छु ।

नविन केसी,  व्रम्मकुञ्ज शिक्षा सदन काठमाण्डौ ।
नविन केसी,  व्रम्मकुञ्ज शिक्षा सदन काठमाण्डौ ।

रचु सुवेदी, उइन्सम इङलिस वोर्डिङ स्कुल, नारायणटार, शिवचोक ।
मिहेनत धेरै ग¥या थिए । सायद आफैले परिक्षा दिन पाको भए अहिलेको भन्दा राम्रो नतिजा ल्याउनेमा म ढुक्क थिए । हाम्रो ब्याजलाइ हेर्ने नजर अलि गलत देख्छु किनभने धेरैले परीक्षा नै नदिइ पास हुनेहरु भन्नुहुन्छ । त्यसले चाहीँ अलि दुखी बनाएको छ । ए प्लस ग्रेड आएछ, अब साइन्स पढेर पछि आइटी फिल्डमा जाने साेंच बनाएकी छु ।

रचु सुवेदी, उइन्सम इङलिस वोर्डिङ स्कुल, नारायणटार, शिवचोक ।
रचु सुवेदी, उइन्सम इङलिस वोर्डिङ स्कुल, नारायणटार, शिवचोक ।

प्रमिता श्रेष्ट,श्री थाङपालधाप मावि थाङपालधाप, सिन्धुपाल्चोक ।
हाम्रो त परीक्षा केन्द्र घरदेखि टाढा थियो । त्यसैले दुई दिन अघि केन्द्र नै पुगेका थियौ । तर पछि परीक्षा स्थगित हुँदा दुखी भए । धेरै मिहिनेत थियो । निजी विद्यालयका विद्यार्थी मात्रै होइन, सरकारीकोले नि राम्रो गर्न सक्छ भन्ने प्रमाणीत गर्ने मन थियो । तर सोंचेजस्तो नै भएन, दुखी छु । आन्तरिक मुल्याङ्कको आधारमा नतिजा आउँदा ३ दशमलव २५ जिपिए आएको छ । अब साइन्स पढेर पछि नर्र्सिङ पढ्ने सोंच बनाएकी छु ।

प्रमिता श्रेष्ट,श्री थाङपालधाप मावि थाङपालधाप, सिन्धुपाल्चोक ।
प्रमिता श्रेष्ट,श्री थाङपालधाप मावि थाङपालधाप, सिन्धुपाल्चोक ।

[sidebar name="button post"]