डोटीमा पिसिआर प्रयोगशाला सञ्चालनमा

डोटी जिल्ला अस्पतालमा कोभिड–१९ परीक्षण गर्न पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । यसले अछाम, बाजुरा तथा डोटीका नागरिकको स्वाब परीक्षणमा सहज बनाएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीका अनुशार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा कूल रु एक करोड ५० लाखको लागतमा प्रयोगशाला सञ्चालनमा ल्याइएकोे छ ।

प्रयोगशालाले एक पटकमा कम्तीमा ३०० को स्वाब परीक्षण गर्ने लक्ष्यअनुसार काम भइरहेको बायोमेडिकल इञ्जिनीयर जय साउँदले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज यहाँ प्रयोगशालाको शुभारम्भ गर्दै कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न प्रदेश सरकारले अग्रगामी भूमिका निर्वाह गरेको बताउनुभयो ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच बनाउनका लागि प्रदेश सरकारले विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयन गरिराखेको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले यहाँका नौवटै जिल्लामा हरेका जिल्ला अस्पतालमा दुई÷दुई वटा भेन्टिलेटर निकट भविष्यमै निर्माण गर्ने योजनाअनुसार काम अगाडि बढेको छ ।

सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुमा सङ्घीय सरकार दोषी रहेको मुख्यमन्त्री भट्टले आरोप लगाउनुभयो । “प्रदेश सरकारले भनेको कुरो सङ्घीय सरकारले नमान्दा सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको हो”, उहाँले भन्नुभयो ।

[sidebar name="button post"]