ज्याला नपाउदा श्रमिकको गुनासो

साइपाल गाउँपालिका वडा नं ३ र ४ जोड्ने रामोखोला झोलङ्गे पुलको उपभोक्ता समितिमा विवाद हुँदा श्रमिकले एक वर्ष बितिसक्दा पनि ज्यला नपाएको गुनासो गरेका छन् ।गत वर्ष निर्माण शुरु भएको पुलको खोदानको काम सकिएको भए तापति मजदूरले ज्याला नपाएको बताएका छन् ।

स्थानीयवासी हरजित बोहराका अनुसार हामीले काम गरेको एक वर्ष भइसक्यो, दैनिक एक घण्टामा एक सयका दरले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मरीमेटी काम ग¥यौँ, तर समितिलाई ज्याला माग्दा आनाकानीकानी गरेका छन् ।

उपभोक्ता समितिका अध्यक्ष प्रेम बोहराले पहिलेको उपभोक्ता समितिमा विवाद आएको र त्यसले नयाँ समितिलाई हिसाबकिताब नबुझाएकाले कामदारलाई नदिएको बताउनुभयो ।

पुरानो उपभोक्ता समितिका अध्यक्ष धनवीर बोहराले भने आफूले काम गराएको र सम्पूर्ण हिसाबकिताब नयाँ समितिलाई हस्तान्तरण गरिसकेकाले आफ्नो कुनै जिम्मेवारी नरहेकोे बताउनुभयो ।

[sidebar name="button post"]