चितवनमा एकैदिन २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवनमा एकैदिन २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

शनिबार राति गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका वडा नं.३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका-५ र १२ का ३ पुरुष र एक महिला रहेका छन्। त्यसैगरि खैरहनी नगरपालिका-८ का ३९ र ४५ वर्षीय पुरुषमा र सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार राति ४७४ नमूना परीक्षण गरिएको थियो।

[sidebar name="button post"]