उपत्यकाका ९८ जनामा कोरोना संक्रमण पुष्टि

साउन ३१,काठमाडौं उपत्यकाका ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् । आइसोलेसनमा ८ सय १ सय ९३ जना संक्रमित उपचाररत रहेका छन् ।

प्रदेश नम्बर १ मा ८ सय ५४, प्रदेश नम्बर २ मा ३ हजार ८ सय २७, बागमती प्रदेशमा २ हजार २ र गण्डकी प्रदेशमा २ सय ६२ जना संक्रमित आइसोलेसनमा रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ७ सय ३६, कर्णाली प्रदेशमा २ सय २५ र सुदूरपश्चिम प्रदेशमा ८ सय १० जना आइसोलेसनमा रहेका छन् ।

[sidebar name="button post"]