गृह मन्त्रालयले लकडाउनपछि हालसम्म अनुमति बिना काठमाडाैँ उपत्यका प्रवेश गर्न खोज्ने १९ हजारभन्दा यात्रु र साढे सात हजारभन्दा बढी सवारीसाधनलाई प्रवेश नाकाबाट फिर्ता पठाएकाे जनाएकाे छ।
गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिम घटाउन विभिन्न नाकाबाट उपत्यका प्रदेश गर्न खोज्ने १९ हजार ४ सय ८३ जना यात्रु र ७ हजार ६ सय ३५ वटा सवारीसाधन फिर्ता पठाइएको जानकारी दिएको हो।
यसैगरी गृह मन्त्रालयका अनुसार मास्कको प्रयाेग नगरी हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिइएकोमा ३ लाख ५४ हजार ८ सय ८४ जनालाई सम्झाइ बुझाइ पठाइएकाे र २५ हजार २ सय ७ जनालाई जरिवाना तिराएकाे छ। साथै ३९ हजार ५ सय ७ जनालाई मास्क वितरण गरिएकाे छ।












