तानसेन नगरपालिका ४ की ४० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तानसेन बजारका क्षेत्र सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार बेलुकी ८ बजेदेखि लागू हने गरी तानसेन नगरपालिकाको पूर्वमा हुलाक चोक, पश्चिममा गौरीशङ्कर गेस्ट हाउस, उत्तरमा टक्सार माछा पसल, दक्षिणमा पेट्रोल पम्पको चारकिल्ला भित्रको विशाल बजार क्षेत्र सिल गरिएको हो । अर्को सूचना जारी नहुँदासम्म ती क्षेत्र सिल गरिएकाे प्रशासनले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।