Ad #144479

२७ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामनाका साथै आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत हुदै भावनात्मक एकता सुदृढको कामनाका साथ श्रीकृष्ण जन्माष्टमी पर्वको सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभएको छ ।

हाम्रा ऐतिहासिक सांस्कृतिक परम्परा विविध धर्म, संस्कृति, तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउँदै राष्ट्रपतिले हाम्रो समाजलाई एकताका सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न धर्म, संस्कृतिले मद्दत पुर्याउने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न श्रीकृष्णको जन्म आजकै दिन भएको धार्मिक विश्वास रहेको छ ।