साेमबार तीन सय ३८ जनामा कोरोना पुष्टि, चार जनाको ज्यान गयाे

 साउन २६, गएको २४ घण्टामा थप तीन सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार तीन सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज आठ हजार चार सय ३२ जनाको पीसीआर परिक्षण गर्दा तीन सय ३८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा एक सय ४० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेहरुको संख्या १६ हजार चार सय ९३ पुगेको छ ।

छ हजार सात सय ३८ जना अहिले विभिन्न ठाउँको आइसोलेसनमा छन् । यस्तै १० हजार सात सय ५९ जना क्वरेण्टीनमा रहेका छन् । यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यू भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या ७९ जना पुगेको छ ।

[sidebar name="button post"]