Ad #144479

कोरोना सङ्क्रमणको जोखिम बढीरहेको हुनाले सिरहाको धनगढीमाई नगरपालिकाले एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ ।

छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईका अनुशार भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा समेत सङ्क्रमण देखिएकाले समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सङ्क्रमण फैलिन नदिन लकडाउन गरिएको हो ।

उहाँका अनुशार लकडाउनको अवधिभर अत्यावश्यक सेवाबाहेक सबै बन्द गरिने छ ।