घाम लागेपछि सलहको झुण्ड सक्रिय

साउन २५, सलहको केही झुण्ड म्याग्दी, गुल्मी र पाल्पाका केही ठाउँमा सक्रिय भएका छन् । यी ठाउँमा लगाइएका धान, मकै र केराको बोटमा सामान्य नोक्सानी गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी ब्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

पश्चिम म्याग्दीमा तुलनात्मक रुपमा बढी नोक्सानी गरेको छ । तर क्षतिको विवरण भने आइसकेको छैन । मालिका, मङ्गला र बेनी नगरपालिकाको केही ठाउँमा सलहले नोक्सानी गरेको छ । तीन दिन अगाडी बझाङ र पर्वतमा देखिएको सलहको झुण्ड फेरी म्याग्दी, गुल्मी र पाल्पामा देखिएको हो ।

हिजोअस्ती घाम लागेकाले सलह सक्रिय भएका हुनसक्ने उहाँले बताउनुभयो । तर आजदेखि पानी पर्ने क्रम बढेकाले र थोरैको सख्यामा भएकाले धेरै नोक्सानी गर्ने सम्भावना छैन । नेपालमा भएका सलह पनि मर्दै गएका र सीमावर्ती क्षेत्रबाट तत्काल आउने सम्भावना नभएकाले किसानलाई नआत्तिन उहाँले आग्रह गर्नुभएको छ ।

थोरैको सख्यामा मात्रै भएकाले टिन, थाल ठटाउनुका साथै ठुलो ध्वनि निकालेर भगाउन पनि सुवेदीले आग्रह गर्नुभएको छ । पानी परेको बेला निश्क्रिय भएर जगंलमा बसेका झुण्ड अलिअलि घाम लागेकाले फेरी सक्रिय भएको हुन सक्ने सुवेदीले बताउनुभयो ।

[sidebar name="button post"]