प्रदेश नं ५ मा बाढीपहिरो रोकथामका लागि पूर्वतयारी

प्रदेश नं ५ का १२ वटै जिल्लामा सम्भावित बाढीपहिराको जोखिमलाई आङ्कलन गरी सम्भावित बचावट तथा रोकथामका लागि पूर्वआवश्यक तयारी गरिएको छ ।

सार्वजनिक सम्पत्ति, व्यक्तिगत घर, बाटो, पुलपुलेसाको संरक्षणका लागि १२ वटै डिभिजन कार्यालयमा आपत्कालीन बचावटका सामग्री तयारी अवस्थामा राखिएको जलस्रोत तथा ऊर्जा विकास महाशाखाका धुव्रराज पौडेलले जानकारी दिनुभयो । बाढीपहिरो आउन सक्ने सम्भावित जिल्लामा मन्त्रालयअन्तर्गत रहेका सबै डिभिजन कार्यालयमा तारजाली, ढुङ्गा, प्लास्टिकका बोरा, नाइलन जालीलगायत आपत्कालीन बचावटका सामग्री राखिएको छ ।

महाशाखाका अनुसार हालसम्म बाढीपहिराका कारण विभिन्न जिल्लामा भएको क्षतिको विवरणसमेत सङ्कलन गरिएको छ । बाढीपहिराका दृृष्टिले प्रदेश नं ५ का पहाडी जिल्ला जोखिममा मानिन्छन् ।

[sidebar name="button post"]