Ad #144479

२५ साउन, विभत्स हत्या गरी गोंगबुमा फालिएको शव प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ।

अन्दाजी ४५ वर्षका लाग्ने पुरुष व्यक्तिको हत्या भएको प्रहरीले जनाएको छ। शनिबार राति हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

गोंगवु गणेशस्थानमा तालिमप्राप्त कुकुर लिएर अनुसन्धान शुरु गरिएको अपराध महाशाखाका प्रवक्ता ईश्वर कार्कीले जानकारी दिए । गणेशस्थान नजिकै कालो सुटकेशमा टाउको विनाको शव फालिएको अवस्थामा भेटिएको थियो । टाउको भने तीन सय मीटर पर भेटिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।