२५ साउन, प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना भाइरस देखिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएकी हुन् ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा शनिबार बाँकेका ७ जना महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए ।
पछिल्लो समय कोरोना संक्रमणको अवस्था बढेपछि नेपालगञ्ज सील गरिएको छ ।
[sidebar name="button post"]









