Ad #144479

साउन २३, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र शिल गरिने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मुख्य यी व्यापारिक केन्द्रहरु शिल गर्ने भएको हो । व्यापारीमा कोरोना देखिएपछि न्युरोड क्षेत्रका केही पसल तथा कार्यालयहरु बन्द हुने भएका छन्। काठमाडौं महानगरपालिका वडा २२ वडाअध्यक्ष चिनीकाजी महर्जनले सूचना जारी गर्दै उक्त क्षेत्र बन्द गर्न निर्देशन दिएका हुन्।

न्युरोडको उत्तरी क्षेत्रमा रहेका पसलहरु तथा कार्यालहरु बन्द गर्ने विषयमा वडा समिति सदस्य, व्यापारी, स्थानीय संघसस्थाका प्रनिनिधिहरुबीच भएको सहमतिअनुसार पसल तथा कार्यालय बन्द गर्ने निर्णय भएको वडाअध्यक्ष महर्जनले बताउनुभयाे ।