२२ साउन, नेपालका ६ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । खोटाङ, धनकुटा, संखुवासभा, मुस्ताङ, मनाङ र रुकुम पश्चिममा पछिल्लो समय कोरोनाको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
अहिलेसम्म नेपालमा कोरोनाका कारण ६५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनालाई जित्नेको संख्या भने १५ हजार ३ सय ८९ पुगेको छ ।
नेपालमा कोरोनाका अहिले ६ हजार २ सय ९६ जना सक्रिय संक्रमित छन् । गएको २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पिसिआर विधिमार्फत स्वास्थ्य परीक्षण गरिएको छ । अहिलेसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।












