पछिल्लो २४ घण्टामा काठमाण्डौं उपत्यकामा ८७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डाक्टर जागेश्वर गौतमले काठमाण्डौं उपत्यकाका ८७ सहित ३६० जनालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयाे ।
उहाँका अनुसार काठमाण्डौंमा ७६, ललितपुरका १० र भक्तपुरका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।