साउन, ९। पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ९८७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै झापाका २५, काठमाडौंका १०, दैलेखका ८ कैलालीका ८ जना, सप्तरीका ७, सुनसरीका ५ र कास्कीका ५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका चार चार जनामा संक्रमण पुष्टि भएको छ ।
लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया, कैलालीका दुई दुई जना तथा धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जाजरकोटका एक एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । उनीहरुमध्ये ९४७ जना निको भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।
[sidebar name="button post"]









