सरकारले गएरातिदेखि पूर्ण रूपमा लकडाउन सकिएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने पास चाहिने भएको छ।
अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ।
सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ।
तर अत्यावश्यक काम हुनेले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर काठमाडौं आउन भने पाउँछन्। त्यसका लागि आफू बस्ने स्थानीय तहको सहमति चाहिन्छ।
[sidebar name="button post"]









