३ साउन
मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौं बानेश्वर देवीनगर बस्ने महोत्तरी घर भएका २८ वर्षीय नितेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका २९ मैतीदेवी बस्ने अर्जुन कुमार साहको बा ८७ प ५५३२ नम्बरको मोटरसाइकल काठमाडौं महानगरपालिका ११ थापाथली प्रसुती गृह अगाडि पार्किङ गरी राखेको अवस्थामा हराएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा सोही ठाउँबाट मोटरसाइकल सहित सिंहलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
[sidebar name="button post"]









