३ हजार जनाकाे नमुना परीक्षण गर्दा काठमाण्डौमा ३ जनामा मात्रै कोरोना भेटियो

नेपालमा पछिल्लो साता कोरोना भाइरस  संक्रमितको संख्या तीव्र रुपमा घटेको छ ।  तर कोरोनाको जोखिम साच्चै घटेको हो वा होइन भन्ने यकिन भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महाशाखाका निर्देशक पाण्डेले कोरोना सङ्क्रमणको दर घट्दै गएको र काठमाण्डौ उपत्यकामा बढ्दै गएको आशङ्कामा १२ ठाउँबाट नमुना सङ्कलन गरिएको बताउनुभयो ।

अहिलेसम्म तीन हजार जनाको नमुना परीक्षण गर्दा जम्मा तीन जना व्यक्तिमा सङ्क्रमण देखिएको, उनीहरु अन्य कतैबाट नआएकाे पाइएकाे र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । अहिलेसम्म ३ हजार नमुना संकलन भइरहेको छ । त्यसमध्ये १६२१ नमुनाको परीक्ष० रिपोर्ट आएको छ र जम्मा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले जानकारी दिए ।

यस्तै सरकारले नेपालमा कोरोना सङ्क्रमितमध्ये शून्य दशलमव ३ प्रतिशतमा मात्रै लक्षण देखिएको बताएको छ । नेपालमा सङ्क्रमितमध्ये जम्मा शून्य दशमलव २१ प्रतिशत अर्थात् ३८ जनाको मृत्यु भएको र तीमध्ये पनि धेरै दीर्घरोगी रहेको बताउनुभयो ।

[sidebar name="button post"]