गएको वैशाखयता विपद्का घटनामा परेर ८४ जनाको मृत्यु भएको छ। यस अवधिमा विपद्मा परेर २६ जना बेपत्ता भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण तथा व्यवस्थापन प्राधिकणका अनुसार वैशाख १ गतेदेखि असार २६ गतेसम्म सबैभन्दा धेरै देशभर चट्याङबाट २४ जनाले ज्यान गुमाएका छन्। चट्याङमा परेर १५५ जना घाइते भएका छन्।
चट्याङपछि आगलागीमा परेर १३ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन्।
त्यसैगरि जनावरको आक्रमणबाट ११ जना, उच्च हिमाली भेगमा लेक लागेर ११ जना बाढीमा परेर नौ जना, हावाहुरीबाट आठजना, पहिरोमा परेर पाँचजना, सर्पको टोकाइबाट ३ जना र भारी वर्षाको कारण १ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
[sidebar name="button post"]











