संविधान मिचेर मेरो सरकार ढालियो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान मिचेर आफ्नो सरकार ढालेको बताएका छन् । उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन, र आर्थिक सुधारका अभियानहरू सञ्चालन गर्दै गर्दा बिचौलिया र दलालहरूले सरकार ढालेको उल्लेख गरेका हुन् ।

उनले भने, ‘बैंक ब्याजदर घटाउने, बैंकिङ प्रणाली सुधार गर्ने, जनताको पक्षका बिचौलिया दलालहरूको विपक्षीमा काम गर्दा बिचौलिया र दलालहरूलाई मन परेन, त्यसैले अपारदर्शी ढंगले रातारात सरकार ढालियो।’

‘हामी पटक–पटक कांग्रेस र एमालेसँग मिल्यौँ, जसका कारण हामी पनि उनीहरू जस्तै देखियौँ। अब भने हामी मिल्ने छैनौँ। हामी आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौँ,’ उनले थपे ।

देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियानहरू माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको बताएका छन् ।

 

[sidebar name="button post"]