गृहमन्त्री लामिछानेले भने : माफ गर्नु होला प्रेमप्रसादजी,हामीले आशा जगाउन सकेनौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था हिजो देखिको निराशा र पीडा निम्त्याएको परिणाम भएको बताएका छन् ।

उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि गृहमन्त्री लामिछानेले नयाँ दलहरूको आगमनले पनि आशा जगाउन नसक्नुको दोष आफ्नो भएको बताएका छन् ।

यस्तो छ उनले लेखेकाे स्टाटस

एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ।

मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम  हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन।

यसमा हामी दोषी छौँ, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकिनौ,  हामीलाई  माफ गर्नु होला। तपाईँको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।

[sidebar name="button post"]