अब बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्नूः नेपाल प्रहरी

नेपाल प्रहरीले इन्धन कारोवारीहरुलाई बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न चेतावनी दिएको छ । शरीरमा प्रज्वलनशील पदार्थ खन्यार आत्मदाह गर्नेहरुको संख्या बढेको भन्दै यसलाई नियन्त्रण गर्न प्रहरीले राष्ट्रव्यापी रुपमा चेतवनीपूर्वक अपिल गरेको हो ।

यसअघि पनि खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै प्रहरीले काठमाडौं लगयतका शहरमा कारबाहीको चेतावनीसमेत दिएको थियो । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि प्रहरीको यस्तो चेतावनी आएको हो । यस्ता घटना निरन्तर घट्दै आएका छन् । १८ मंसिरमा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदह गरेकी थिइन् । हालै सिभिल मल अगाडि पनि एक युवकले आफैंलाई जलाएका थिए ।

आत्म दाह मात्र नभएर यसरी खल्ला रुपमा यस्ता पदार्थ बच्दा आगलागी, मानवीय र भौतिक क्षतिका साथै सुरक्षा संवेदनशील हुने भएकोले खुला रुपमा बिक्री वितरण नगर्न प्रहरीले सचेत गराउँदै बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । सुरक्षा संवेदनशीलताको सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारबाही हुने सूचनामा उल्लेख छ ।

[sidebar name="button post"]