पुस २७ लाई राष्ट्रिय एकता दिवसकाे रूपमा मनाइने

सरकारले १६ वर्षअघि नेपाली कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकाे मन्त्रिपरिषद्ले गरेको निर्णयलाई खारेज गर्दै स्व.पृथ्वीनारायण शाहको जन्मजयन्ती अर्थात् पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई मन्त्रिपरिषदमा सहभागी हुन दिएको निमन्त्रणामा राप्रपाले केही सर्त राखेकाे थियाे। यसमध्ये याे पनि एक प्रमुख सर्त हाे।

‘पृथ्वीजयन्तीलाई राष्ट्रिय एकताका रूपमा पुनर्स्थापना र सार्वजनिक बिदाबारेका हाम्रा असहमतिपूर्ण माग पूरा भएका छन्’ , राप्रपाकाे उच्च स्रोतले भन्याे।

 

[sidebar name="button post"]