भक्तपुरमा भीन्तुना र्‍याली प्रदर्शन

८ कार्तिक, भक्तपुर । नेपाल संवत्को नयाँ वर्ष ११४३ को अवसरमा आज भक्तपुरमा भीन्तुना र्‍याली प्रदर्शन गरिएको छ ।

नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ सङ्गठनको सहभागितामा नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुर नगरपालिकाको च्याम्हासिंहबाट निकालेको ¥याली भक्तपुर नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।

च्याम्हासिंहबाट सुरु भएको ¥याली सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, दरबारस्क्यावर हुँदै खौमा पुगेर जगतसुन्दर मल्लको शालिकमा माल्यार्पण गरी समापन भएको थियो ।

[sidebar name="button post"]