Ad #144479

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेबिना देशको विकास र सम्वृद्धि सम्भव नभएको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन रुपन्देही क्षेत्र २ ले आयोजना गरेको भेला तथा निर्वाचन परिचालनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सडक, सिंचाइ, शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले बुझेकाले एमालेको जितलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

उपाध्यक्ष पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रिम प्रोजेक्ट अगाडि सारेको भन्दै ती प्रोजेक्टहरु अहिले कार्यान्वयन हुने चरणमा पुगेको बताए । उनले एमालेका सरकारले अघि सारेका योजनालाई सार्थक रुप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर सरकार बनाउनुपर्नेमा जोड दिए ।

रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उमेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले देशभर एमालेको लहर चलेको र मंसीर ४ को निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरे ।

उपाध्यक्ष पौडेलले एमालेलाई कतिपय पूर्वाग्रही विरोधीहरुले विकास विरोधी पार्टी भनेर कुप्रचार गरेको बताउदै त्यस्ता भ्रमलाई चिर्न एमालेले गरेका कामहरुको प्रचार प्रसार आवश्यक रहेको धारणा राखे ।