Ad #144479

काठमाडौं: आज दिउँसो गृहजिल्ला झापा गएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा गएका छन्। उनीलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी रहेका एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए ।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा गएका हुन् । अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए ।