Ad #144479

पोखरा: दुई विभागीय टोली नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफले सफ्ट टेनिस खेलमा एक÷एक स्वर्ण पदक जितेका छन् ।

पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न सफ्ट टेनिसको डबल्सतर्फको विधामा पुरुषतर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले स्वर्ण पदक जितेको छ । उनीहरूले प्रदेश नं १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गरेको थिए।

बागमती प्रदेशका प्रदीप खत्री र वृजेश पाण्डेको जोडी तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्मबहादुर लामिछानेको जोडीले कांस्य पदक प्राप्त गरेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफका भगवती विक र समृद्धि महर्जनको जोडीले टोलीलाई स्वर्ण दिए । उनीहरूले लुम्बिनी प्रदेशका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गरेका छन् ।

पराजित जोडीले रजत पदक प्राप्त गरेको छ । यसैगरी प्रदेश नं १ क श्रेया योञ्जन र श्रेया राईको जोडी र नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले कांस्य पदक प्राप्त गर्यो । यसैगरी एकल प्रतिस्पर्धामा प्रदेश नं १ का युकेश योञ्जन र बागमतीका प्रदीप खत्री फाइनलमा गरेका छन् ।

महिलातर्फ बागमती प्रदेशका चन्द्रमाया राई र एपीएफका समृद्धि महर्जनले फाइनलमा स्थान बनाए। यही असोज २७ गतेदेखि जारी सफ्ट टेनिस प्रतियोगिताको फाइनल कात्तिक ३ गते हुने आयोजकले जनाएको छ ।