२४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं: पछिल्लो २४ घण्टा यता नेपालमा थप ४६ कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार पीसीआरबाट ४२ र एन्टिजेनबाट ४ जनामा कोरोना पुष्टि भएको हो। २४ घण्टामा ८३५ पीसीआर र ६७५ एन्टिजेन गरी १५१० कोरोना परीक्षण भएको छ ।

सोहि अवधिमा १७ जना कोरोनामुक्त हुँदा कसैको मृत्यु भएको छैन।  अहिले सक्रिय संक्रमितको संख्या ७३६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

[sidebar name="button post"]