देउवाको निर्देशन : मैले हँसिया हथौडामा भोट हालिसकेँ, कार्यकर्ताले पनि त्यसै गर्नू

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै कांग्रेसका नेता–कार्यकर्ताले पनि त्यसै गर्ने बताए । मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्यधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आममतदातालाई आग्रह गरेका हुन् ।

देउवाले भने  ‘कलम भएको ठाउँमा कलमलाई नै, हँसिया हतौडा भएको ठाउँमा हँसिया हतौडालाई र रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । यति भए पुगिहाल्यो नि । किन चाहियो अरु कुरा ?,’ उनले भने ।

सत्तारुढ गठबन्धनले अत्यधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसीसमेत व्यक्त गरे ।

[sidebar name="button post"]