यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

१ कात्तिक, काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज सोमबार स्थानीय काउली, अदुवा, रातो मूला र पाकेको फर्सीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ रहेको छ ।

अनार ४८३ रुपैयाँ ३३ पैसा, अमला, र सखरखण्डको मूल्य ७५ रुपैयाँ, अम्बा १२५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ९६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४७ रुपैयाँ, मुडेको रातो आलु ७७ रुपैयाँ ५० पैसा, सेतो आलु ७७ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल काँक्रो ५५ रुपैयाँ, कागती २०० रुपैयाँ, किवी ३२५ रुपैयाँ, केरो प्रतिदर्जन ११० रुपैयाँ, अकबरे खुर्सानी ८० रुपैयाँ, तराई गाजर ११६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, लोकल गाजर १४६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ६५ रुपैयाँ, भारतीय गोलभेँडा १०५ रुपैयाँ, टनेल गोलभेँडा ४४ रुपैयाँ २० पैसा रहेको छ ।

घिरौँलाको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग २३५ रुपैयाँ, चिचिन्डो ५६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, जिरीको साग २७५ रुपैयाँ,  रहु माछा ३५० रुपैयाँ, तामा १०६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपती ३२५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, न्यूरो ८५ रुपैयाँ, परवर ६६ रुपैयाँ ६७ पैसा रहेको छ ।

पिँडालु ५६ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ५३ रुपैयाँ, बरेला ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली १४० रुपैयाँ, तने बोडी १२५ रुपैयाँ, भिण्डी ९५ रुपैयाँ, मेथीको साग २३५ रुपैयाँ, रायोको साग १६५ रुपैयाँ, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा, स्कूस १२ रुपैयाँ ३३ पैसा, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, हरियो धनियाँ १८३ रुपैयाँ ३३ पैसा र फूजी स्याउ २५८ रुपैयाँ ३३ पैसा रहेको छ ।

[sidebar name="button post"]