काठमाडौँ: मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सयले वृद्धि भएको छ ।
सोमबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ। आज तेजाबी सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
[sidebar name="button post"]









