काठमाडौं । भारतीय राष्ट्रपति द्रौपदी मुरमुले डीआई चन्द्रचुदलाई सर्वोच्च अदालतको प्रधानन्यायधीश नियुक्त गरेकी छन् ।
उनी भारतका ५० औँ प्रधानन्यायाधीश हुन्। वर्तमान प्रधानन्यायाधीश यूयू ललितको कार्यकाल नोभेम्बर ८ गते सकिँदैछ । न्यायाधीश चन्द्रचुडको कार्यकाल दुई वर्षको हुनेछ । उनी नोभेम्बर २०२४ सम्म प्रधानन्यायाधीशको पदमा रहनेछन्।
उनी भारतका १६ औँ प्रधानन्यायाधीश यश्वन्त विष्णु चन्द्रचुदका छोरा हुन् । उनका पिता अहिलेसम्मकै लामो कार्यकाल बिताएका भारतका प्रधानन्यायाधीश थिए ।
चन्द्रचुद २०१६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । उनले फैसलाहरूमा नागरिकहरूको मौलिक अधिकारको सर्वोच्चतालाई समर्थन गरेका छन् ।
नेपालको संवैधानिक परिषद्जस्तै भारतको राष्ट्रिय न्यायिक नियुक्ति आयोगले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दछ । नियुक्ति आयोगमा प्रधानन्यायाधीश, दुई वरिष्ठम् न्यायाधीश, संघीय सरकारको कानुन तथा न्यायका मन्त्री, प्रधानमन्त्रीको, प्रधान्यायाधीश र विपक्षी दलका नेताको सिफारिसमा दुई प्रतिष्ठित व्यक्तिहरू रहन्छन् ।











