सोमबार राति जन्मेका मानिसकाे भाग्य र स्वभाव कस्ताे हुन्छ ?

एजेन्सी : मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

वैदिक सनातन धर्म अनुसार पनि मानिसको साल, महिना, गते, जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ ।

मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मवार बाट थाहा पाउन सकिने कुरा ज्योतिष विज्ञानले मान्दछ । ज्योतिष शास्त्रका अनुसार सोमबार जन्मेका र जन्मने व्यक्तिको गुण, स्वभाव र भविष्य यस्तो हुन्छ :-

सोमबार राति जन्मेका मान्छेको स्वाभाव कस्तो हुन्छ :

  • सोमबार राति जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
  • तपाई मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
  • यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
  • तपाई निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
  • सोमबार राति जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
  • तपाई आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
  • हुन त तपाई सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।
[sidebar name="button post"]