कात्तिक ४ गतेसम्म स्वतन्त्र उम्मेदवारी निष्क्रिय गर्न निर्देशन

काठमाडौं: नेपाली कांग्रेसले पार्टी तथा  गठबन्धनका उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय गरेमा कारबाही फुकुवा गर्ने जनाएको छ ।

कांग्रेसले प्रतिनिधि सभा प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवम् गठबन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारलाई यस्तो निर्देशन दिएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै ४ कात्तिकभित्र वक्तव्यमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाए कारबाही नगर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्णरुपमा सक्रिय रहने प्रतिवद्धतासहित २०७९ कात्तिक ४ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने ब्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’

[sidebar name="button post"]