काठमाडौं : सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारले संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्न मंगलबार देशभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु र विदेशस्थित कूटनीतिक नियोगहरुमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै देशभरका सबै सरकारी कार्यकाल, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरूमा बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको उल्लेख गरेको छ।
संस्कृतिविद् जोशीको १ सय ३ वर्षको उमेरमा आइतबार विहान किस्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।

[sidebar name="button post"]











