आज देशभरको मौसम आंशिक बदली हुने

२९ असोज, काठमाडौं । शनिबार दिउँसो देशभरको मौसम आंशिक बदली हुने देखिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

शनिबार राति देशको पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। अहिले नेपालमा मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको छ।

[sidebar name="button post"]