ट्याक्टरको ठक्करबाट एकको मृत्यु

२८ असोज, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

कर्णाली नदीले बगाएर ल्याएका दाउरा स्थानीयले सङ्कल गरेका दाउरा बोकेर राजापुर फर्कंदै गरेको भे २ त २०९ नं को ट्याक्टरले खोनपुर गाउँमा स्कुटिलाई ठक्कर दिँदा स्कुटिमा सवार गेरुवा गाउँपालिका–४ खल्लागाउँका २५ वर्षीया नविन ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पाताभार प्रहरी निरीक्षक नीराजन सुनारले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीलेले जनाएको छ ।

[sidebar name="button post"]